१ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026

ह्वीप उलंघन गर्ने २२ सांसदलाई एमालेले बर्खास्त गर्न मिल्छः संविधानविद् अधिकारी

४ साउन, काठमाडाैँ । माधव नेपाल पक्षका सांसदलाई हटाउने अधिकार पार्टीसँगै रहेको संविधानविद् विपिन अधिकारीले बताएका छन । उनले पार्टीको निर्णय नमान्ने सांसदहरूलाई पार्टीले कारबाही गर्न सक्ने बताए ।

उनले भने, “अदालतको दृष्टिकोण प्रधानमन्त्रीको प्रस्ताव गर्दा हस्ताक्षर गरेर समर्थन गर्ने सांसदहरूलाई कारबाही नगर्नु भन्ने हो। त्यसबेला पार्टीले लिखित रूपमा ह्वीप जारी गरेको थिएन। त्यसै बेला पनि ह्वीप जारी गरेको भए उनीहरूले दिन मिल्दैन थियो।”

अधिकारीले अघि भने “तपाईँले फैसलालाई हेर्नु भयो भने त्यो प्रस्ट हुन्छ।” फैसलापछि सुरु हुने संसद् भित्रको प्रक्रियाका लागि अदालतले नबोलेको र बोल्न नमिल्ने उहाँको धारणा छ।

प्रकाशित मिति : July 19, 2021 at 10:27 am