२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

जसपाले प्रधानमन्त्री देउवालाई २० भोट दिने तर सात मन्त्रालय र ८ मन्त्री पाउनुपर्ने सर्त

२ साउन, काठमाडाैँ । जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले प्रधानमन्त्री शेरबहादुर देउवाका लागि २० मत जुटाइदिने तर त्यसका लागि सात मन्त्रालय र ८ मन्त्री चाहिने बताएको छ । शनिबार संसदीय दलको बैठकमा छलफल गरेर उनीहरूले सात मन्त्रालय र ८ मन्त्रीको सर्त अघि सारेको हो ।

उसले समान रूपमा मन्त्रालयको बाँडफाँड हुनुपर्ने बताएको छ । साथै जसपाले संविधान संशोधन, नागरिकता विधेयक, मधेस आन्दोलनका क्रममा लागेका फिर्ता र कार्यकर्ताको रिहाइको मुद्दालाई सम्बोधन गर्ने प्रतिवद्धता सरकारको न्यूनतम साझा कार्यक्रममा आउनुपर्ने अर्को सर्त पनि तेर्साएको छ ।

देउवा सर्वोच्च अदालत जाँदा जम्मा १२ जनाको मात्रै हस्ताक्षर पाएका थिए । उपेन्द्र यादवले विभिन्न प्रलोभजन दिएर त्यसो संख्या २० पुर्याउने बताएका छन । शनिबारबाटै विगतमा महन्थ ठाकुरको पक्षमा रहेका सांसदहरु प्रमोद साह, अमृता अग्रहरि, रानी मण्डल, नरमाया ढकाल र रुही नाज मिकरानी यादव पक्षमा लागेका छन । जसपाले मन्त्रालय भागवण्डा र सरकारको न्यूनतम साझा कार्यक्रम बनेपछिमात्र सरकारमा सहभागी हुने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार २०:२२