२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

देउवाको आदेशमा १४ जनालाई ज्यूँदै जलाउने आलमलाई जेलमुक्त गर्ने पक्रिया सुरू

१ साउन, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवको ठाडो आदेशमा १४ जनालाई इटाभट्टामा ज्यूँदै जलाउने योजनाका मुख्य अभियुक्त नेपाली कांग्रेसका नेता मोहम्द  अफ्ताव आलमलाई जेलमुक्त गराउने पक्रिया सुरू भएको छ। नेपाली कांग्रेसका सभापति समेत रहनुभएका देउवाले यसअघि रौतहटमै पुगेर आलमलाई जेलमुक्त गराउने प्रतिवद्धता जनाएका थिए ।

प्रधानमन्त्री देउवाले सपथको भोलि पल्टै पक्रिया पुर्याएर आलमलाई जेल मुक्त गराउन निर्देशन दिएका छन । उनको सोही निर्देशन अनुसार प्रहरी अतिरिक्त महानिरीक्षक एआइजीको सरूवा समेत बदर भएको छ । कर्तव्य ज्यानसहितको मुद्दामा दोषी ठहर भएर सजाय काटिरहेका आलमल कांग्रेसभित्र पनि देउवा गुटका नेता थिए । उनी संसाद समेत थिए ।

आलामलाई जेलुमक्त गर्ने उपायको सम्बन्धमा गृहमन्त्रीको निर्देशनसँग कारगार व्यवस्थापन विभागका निर्देशक रामचन्द्र तिवारीले बिहीबार अभियुक्त भेटेका छन । अलामलाई कुनै पनि बाटोबाट जेलमुक्त गर्नुपर्छ कुन बाटोबाट कसरी गर्ने तपाइहरूको कुरा हो भनेर देउवाले गृहमन्त्री बालकृष्ण खाँड लगायतलाई निर्देशन दिनुभएको र गृहमन्त्रीको निर्देशनपछि तिवारीले कैदी बनेर बसेका आलामसँग भेटघाट गरेको स्रोतले जनाएको छ ।

तिवारी आलम भेट्न नख्खु कारागार पुगेका थिए । नख्खु कारागारका जेलर चिरञ्जीवी गिरीले तिवारी बिहीबार ललितपुरस्थित कारगारमा पुगेको पुष्टि गरेपनि त्यहाँ भएको भेटघाटका बारेमा कुनै कुरा खुलाएनन् । दउवा प्रधानमन्त्री भए लगत्तै आलमको गाउँमा उनको समर्थकले आतंक मच्चाउन थालेका छन । उनीहरूले पीडितलाइ धम्की दिने र थप पीडा दिने काम गरिरहेका छन ।

तत्कालीन अवस्थामा अलामलाई निर्दोष बनाउन बहस गरेका वरिष्ठ अधिवक्ता शम्भु थापाले नै देउवालाइ प्रधानमन्त्री बनाउन माग गर्ने  बहसको नेतर्त्व गरेका थिए ।

 

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार १८:५३