३० भदौ २०८३, मंगलबार | Tue Sep 15 2026

महान्यायाधिवक्ता खातीले सर्वोच्च अदालतमा लिए सपथ

१ साउन, काठमाडाैँ । महान्यायाधिवक्ता खम्मबहादुर खातीले सपथ लिएका छन् । शुक्रबार महान्यायाधिवक्ता खातीलाई सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले पद तथा गोपनीयताको सपथग्रहण गराएका हुन् ।

विहिबार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खातीलाई महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन् ।कोरोना महामारीको असहज परिस्थितिको कारण गत वैशाखदेखि राष्ट्रपतिको उपस्थितिमा गराउनुपर्ने बाहेकका सपथ प्रधानन्यायाधीशले सर्वोच्च अदालतमै गराउन थालेका थिए ।

वैशाख ८ गते दुई नवनियुक्त न्यायाधीशहरू नहकुल सुवेदी र कुमार चुँडाललाई पनि सर्वोच्चमै पद तथा गोपनीयताको सपथ गराइएको थियो । सर्वोच्च अदालतका न्यायाधीश, संवैधानिक अंगका पदाधिकारी, संवैधानिक आयोगका पदाधिकारी, राष्ट्र बैंकका संचालकलगायत अधिकांश पदाधिकारीलाई प्रधानन्यायाधीशले सपथ गराउने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति : July 16, 2021 at 4:41 pm