१ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026

चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने

१ साउन, काठमाडाैँ । चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने भएको छ । शुक्रबार परराष्ट्र मन्त्रालयले  विज्ञप्ति जारी गर्दै साे जानकारी दिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत यान्छीले थप परिमाणमा खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएकी थिइन् ।

प्रकाशित मिति : July 16, 2021 at 4:16 pm