बालुवाटार सरे प्रधानमन्त्री देउवा
१ साउन, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटार सर्नुभएको छ । उहाँ आज बिहान बूढानीलकण्ठबाट बालुवाटार सर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्री नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारस्थित सरकारी निवास छाड्नुभएको थियो ।
प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार १२:२४