१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

कान्तिपुरको प्रधानसम्पादक नपाएपछि हरिबहादुर थापा असन्तुष्ट, आइतबार राजिनामा दिने !

२९ असार, काठमाडौँ । कान्तिपुर दैनिकका सम्पादक हरिबहादुर थापा प्रधानसम्पादकमा बढुवा नभएपछि असन्तुष्ट बनेका छन । शुक्रबार कान्तिपुर व्यवस्थापनले पूर्व सम्पादक नारायण वाग्लेलाई प्रधानसम्पादकको रुपमा भित्राएपछि थापा असन्तुष्ट बनेका हुन ।

कान्तिपुरका एक पत्रकारका अनुसार आज वाग्लेको स्वागत समारोहमा थापा झुलुक्क देखिएर बाहिरिए । उनले स्वागत र बाधाईको कुनै अवाज समेत ननिकालेको प्रत्यक्षदर्शीले बताएका छन । थापा कान्तिपुर भित्रैबाट प्रधानसम्पादक चयन हुँदा एक नम्बरमा रहेका थिए ।

यद्यपी व्यवस्थापनले थापालाई बढुवा नदिई वाग्लेलाई प्रधानसम्पादक बनाएपछि उनी राजिनामा दिने मनस्थितिमा पुगेका छन । विगतमा हरिबहादुर थापाको निर्देशनमा कान्तिपुरभित्र गुटबन्दी गर्नेहरु भने थापालाई मनाउने कोशिशमा रहेका छन । दैनिकीले यस विषयमा थापाको प्रतिक्रिया लिने कोशिश गरेको भएपनि उनको मोबाइल अफ भएका कारण सम्भव भएन ।

प्रकाशित मिति : २९ असार २०७५, शुक्रबार २१:११