२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

काठमाडाैँ उपत्यकामा १० दिन थपियो निषेधाज्ञा, के गर्न पाइन्छ के गर्न पाइदैन ?

३१ असार, काठमाडाैँ । काठमाडाैँ उपत्यकामा १० दिन निषेधाज्ञा थपिएकाे  छ । बिहीबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले साउन १० गतेसम्म निषेधाज्ञा थप गरेको हो ।

हाल सञ्चालनमा रहेका सबै पसलहरु साँझ ७ बजेसम्म खोल्न दिने निर्णय भएको काठमाडाैँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयाे ।

काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारीसाधनहरूले स्वीकृत सिट क्षमता भन्दा बढी नहुनेगरी सञ्चालन गर्न पाइने छ। प्रशासनले अत्यावश्यक कामले उपत्यका भित्र प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारीसाधनलाई चल्न दिने अनुमति गरेको छ। साथै, निर्माण सामग्री ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाउनेछन्।  यद्यपी उपत्यकाबाट बाहिरिने र भित्रने लामो दुरीका सवारीसाधान चलाउन नपाइने भएको छ।

प्रकाशित मिति : July 15, 2021 at 4:48 pm