२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

माओवादी केन्द्र अवैधानिक भन्दै दर्ता भएका निवेदन आयोगद्धारा खारेज

२७ असार, काठमाडौँ । निर्वाचन आयोगले प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) वैधानिक रहेको ठहर गरेको छ । आयोगको आज बसेको बैठकले नेकपा एमालेमा रहेका पूर्वमाओवादी केन्द्रका नेताहरूले माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगनमा दर्ता  गरेकाे निवेदन र दावी दुवैलाई खारेज गरेको हो ।

पूर्वमाओवादी नेताहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, लेखराज भट्टलगायतले आयोगमा माओवादी अवैधानिक भएको दावी गर्दै निवेदन पेश गरेका थिए । त्यसैगरी, भविसोर पराजुलीले असार २५ गते माओवादी केन्द्र आफू मातहत रहेको भनी निर्वाचन आयोगमा दिएको निवदेन पनि आयोगले खारेज गरिदिएको छ ।

प्रकाशित मिति : July 11, 2021 at 3:50 pm