नेपाली कांग्रेसका नेता कुश्वाह बलात्कारको अभियोगमा पक्राउ
२६ असार, रौतहट । नेपाली कांग्रेसका एक जना नेता बलात्कारको अभियोगमा पक्राउ परेका छन । एक बिबाहित महिलालाइ काँसघारीमा लगेर बलात्कार गरेको अभियोगमा रौतहटका कांग्रेस नेता ५० वर्षका नागेश्वर कुश्वाहा पक्राउ परेका हुन ।
वाही गोनाही नगरपालिकाकाका कुश्वाहले घरयासी सामान लिने भन्दै महिलालाइ काँसको घारीमा लगेर बलात्कार गरेको पीडित महिलाले जाहेरीमा उल्लेख गरेकी छिन । उनी पनि सोही स्थानकी बिबाहित महिला रहेको प्रहरीले जनाएको छ ।
कुश्वाहमा बुधबार बलात्कार गरेको ती महिालले बताएकी छिन । जिल्ला प्रहरी कार्याल रौतहटले पीडक कुश्वाहलाइ पक्राउ गरी हिरसतमा राखेर अुनुसन्धान गरिरहेको छ । उनलाइ पाँच दिन थुनामै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
प्रकाशित मिति : July 10, 2021 at 6:23 pm





