२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

माधव नेपालको शरिरमा जनै खटिरा

२६ असार, काठमाडाैँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको शरिरमा जनै खटिरा देखिएको छ । जनै खटिरा शरिरमा देखिएपछि नेपाल घरमै अाराम गरिरहेको उहाँको स्वकीय सचिव मोहन गाैतमले जानकारी दिनुभएको थियो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल निवास कोटेश्वर पुगी एमाले एकता नगर्न अनुरोध गरेको समाचारहरू सार्वजनिक भएपछि गाैतमले त्यसको बचाउमा नेपालको शरिरमा खटिरा देखिएको र चिकित्सको निगारीमा रहेको जानकारी दिनुभएको हो ।

के हो जनै खटिरा ?

जनै खटिरा (अङ्ग्रेजी: हर्पिस, हर्पिस जस्टर, वा सिङ्गल्स्) एक प्रकारको भाइरल सङ्क्रमण हो। यसलाई पीडादायक समस्याको रूपमा लिन सकिन्छ। किनभने छालामा देखिने यो रोगमा स-साना पानीफोका जस्ता आउने खटिराहरू चिलाउनुका साथै असह्य रूपले दुख्ने समस्या हुन्छ।

चिकनपोक्स अर्थात् ठेउलाको कारकका रूपमा परिचित भेरिसेला जस्टर नामक भाइरसको सङ्क्रमणले यो रोग लाग्दछ। डाक्टरी भाषामा यसलाई हर्पिस जस्टर भनेर चिनिन्छ भने नेपालीमा जनैखटिराका नामले प्रसिद्ध छ।

यो रोग प्रायः एक पटक ठेउला भइसकेका व्यक्तिलाई हुने भएकाले यो प्रौढहरूमा बढ्ता देखिने गरेको छ। यसलाई सामान्य खालको छालाको रोग ठान्ने भ्रममा पर्नु हुँदैन । शरीरको रोग प्रतिरोधी क्षमता कम भएका बेलामा यसको आक्रमण हुन सक्छ।

प्रकाशित मिति : July 10, 2021 at 5:43 pm