२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

चीनले दिएको मध्ये ८ लाख डोज खोप बिहानै काठमाडाैँ आइपुग्यो

२५ असार, काठमाडाैँ । चीनले दिएको मध्ये ८ लाख डोज खोप बिहानै काठमाडाैँ आइपुगेको छ । नेपालले चीनसँग खरिद गरेको कोरोना भाइरस विरुद्धको ८ लाख डोज खोप नेपाल ल्याइएको हो ।

नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले आज बिहान भेरोसेल खोप ल्याएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख डा झलक शर्मा गौतमका अनुसार आज ८ लाख डोज खोप आइपुगेको र अब निरन्तर खोप आउने छ । सरकारले चीनको सिनोफार्म कम्पनीबाट भेरोसेल खोप खरिद गरेको हो ।

प्रकाशित मिति : July 9, 2021 at 9:29 am