पाल्पामा पहिरोको पीडाः पाँच घर पुरियो, एक जनाको ज्यान गयो एक वेपत्ता
२४ असार, पाल्पा । पाल्पामा पहिरोले पीडा दिएको छ । जिल्लाको तिनाउँ गाउँपालिका-५ केराबारी नजिकै गएको पहिरोले पाँच घर पुरिँदा एक जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर एक जना वेपत्ता भएका छन । गएको छ भने एक जना बेपत्ता भएका छन् ।
कल्याणी आधारभूत विद्यालय नजिकै रहेको गिट्टीखानी नजिक पहिरो जाँदा वीरबहादुर गुरुङको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । पहिरोले ८ वर्षीय बालक आरब परियार बेपत्ता भएका छन् । बिहान साढे ३ बजे आएको पहिरोले हरि दर्लामी, सुजा परियार, नरबहादुर राना, वीरबहादुर गुरुङ र बलबहादुर पुनको घर पुरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : July 8, 2021 at 9:49 am





