सुजिता भण्डारीका लागि न्याय माग्दै काठमाडाैँमा पनि प्रदर्शन
२२ असार, काठमाडौँ । नौ दिनदेखि हराइरहेकी चितवनको राप्ती नगरपालिका ३ की २३ बर्षीय सुजिता भण्डारीको शब जंगलमा फेला परेपछि उनको न्यायका लागि भन्दै सुरू भएको प्रदर्शन उग्र भएको छ । चितवनको राजमार्ग क्षेत्रमा प्रदर्शन अराजक बनेपछि प्रहरीले नियमन्त्रण गर्न कठिन बन्यो भने स्थानीयसँग झडप हुँदा सात प्रहरी घाइते भएका छन । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । यद्यपी फेरी अर्की युवति पनि हराएपछि चितवनमा धेरैले डर मानेका छन ।
यही बीचमा सुजिताको न्यायका लागि माइतीघर मण्डलामा पनि प्रदर्शन भएको छ । युवा अभियन्ता विनोद सुवेदीको नेतृत्वमा मंगलबार मण्डलाको सडक किनारमा प्ले कार्डसहित युवाहरूले प्रदर्शन गरे । उनीहरूले निर्मला र भगिरथीको न्यायका लागि समेत आवाज उठाए ।
असार ११ गते बिहान तरकारी किन्न गएकी सुजाताले दिउसो आफू अपहरणमा परेको परिवारका सदस्यलाई फोन गरेर जानकारी गराएकी थिइन । परिवारको जाहेरीका आधारमा प्रहरीले खोजी गर्दा हिजो साँझ शब क्षतविक्षत अवस्थामा फेला परेको हो । सुजाताको हत्या किन र कसले गरेको हो भनेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : July 6, 2021 at 8:05 pm





