२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

काेराेना अपडेटः २६३४ मा संक्रमण पुष्टि, १५६५ संक्रमणमुक्त, १५ जनाको मृत्यु

२२ असार, काठमाडाैँ । पछिल्लाे २४ घण्टामा थप २६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ७५०३ जनाको पिसिआर परीक्षण गर्दा १७१८ जना र ५०८२ जनाको एन्टिजेन परीक्षण गर्दा ९१६ जना गरी थप २६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे।

मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा १५६५ जना संक्रमणमुक्त भएका छन्। यस्तै, काेराेना संक्रमणका कारण १५ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। योसँगै हालसम्म ९२६३ जनाको काेराेना संक्रमणका कारण मृत्यु भइसकेको छ।

प्रकाशित मिति : July 6, 2021 at 5:00 pm