३० भदौ २०८३, मंगलबार | Tue Sep 15 2026

भारी वर्षाका कारण रसुवा तथा नुवाकोटको तिरतिरे भिर खण्डका राजमार्गमा समस्या

२२ असार, रसुवा ।  निरन्तरको भारी वर्षाले रसुवा तथा नुवाकोटको तिरतिरे भिर खण्डका राजमागर्मा अवरोध हुने गरेको छ । रसुवाको मूलखर्क, ब्रावलभिर, धुञ्चेको त्रिशूली खोला, भार्खुडिल, सानोभार्खु, स्याफ्रुको भोटेकोशी पुल नजीक याङयाङ खोला क्षेत्र, लिङलिङ, कलाङकुलुङ, तातोपानी लगायतका क्षेत्र बढी जोखिम भएकाले पानी परेको बेला सवारी साधन गुडाउँदा पूर्वसावधानी अपनाउन चालक दलका सदस्यलाई आग्रह गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

हिमाली क्षेत्र गहिरो खोँचमा सडक मार्ग भएका कारण सुरक्षित स्थानमा मात्र पार्किङ गर्न सवारी चालकलाई आग्रह गरिएको छ । ठूलोपानी आउँनासाथ स्याफ्रु–रसुवागढी खण्डको १६ किलोमिटर र स्याफ्रुबेँसीको भोटेकोशी नजीक याङयाङ खोला आसपास क्षेत्रमा भने बढी समस्या आउने गरेका कारण सडक सतहमा आउने हिलो र अवरुद्व भएका स्थानमा डोजरको सहायताले अवरोध हटाई सवारी साधन पार गराउने गरिएको बताइन्छ ।

प्रकाशित मिति : July 6, 2021 at 3:59 pm