४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

एमालेले सुरू गरेको तामाकोशी एमालेले नै उद्घाटन गर्यो, राष्ट्रिय समृद्धिका लागि कोशेढुंगा


२१ असार, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको उदघाटन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सोमबार बालुवाटारस्थित निवासबाटै भर्चुअल माध्यमबाट स्वीच अन गरी उक्त आयोजनाका उद्घाटन गर्नुभएको हो ।एमालेका वरिष्ठ नेता झलनाथ खनाल प्रधानमन्त्री र गोकर्ण विष्ट उर्जामन्त्री सुरू हुँदा शिलान्यास गरिएको तामाकोशी प्रधानमन्त्री एमालेकै अध्यक्ष ओली र उर्जामन्त्री विष्णु पौडेल हुँदा उद्घाटन भएको हो ।

उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्रीले माथिल्लो तामाकोशी देशको एक १० वर्षे उर्जा इतिहासकै नयाँ कोशे ढुंगा भएको बताउनुभयो । ‘अब हाम्रा चुलाहरुलाई दाउरा र ग्याँसबाट मुक्त गर्दै विद्युत्तीय चुलोमा परिणत गर्ने बाटो खुलेको छ’, उहाँको भनाई थियो ।

उद्घाटन समारोह ।

आयोजनाको सफल सञ्चालनले राष्ट्रिय आत्मविश्वाससमेत बढाएको टिप्पणी प्रधानमन्त्रीको थियो । ‘जुन कामका लागि हामी बाहिर भर पर्नुपथ्र्याे, अब विस्तारै त्यसमा पनि आत्मनिर्भरतातर्फ गइरहेका छौं, प्रधानमन्त्रीले भन्नुभयो । उर्जामा लगानी प्रविधि र व्यवस्थापन नेपालीले नै गर्न सक्ने गरी बहुआयायमिक स्तर भएको पनि प्रधानमन्त्रीले बताउनुभयो । यो राष्ट्रिय लाभको विषय हो, प्रधानमन्त्रीले भन्नुभयो ।

छ वर्षमा सम्पन्न हुनुपर्ने आयोजनामा निकै बिलम्ब हुँदा खर्च बढने जस्तो प्रत्यक्ष मात्र नभई परोक्ष रुपमा पनि ठूलो नोक्सान भएकोले हाल चालु रहेका र भविष्यमा बन्ने योजनाका लागि यसबाट पाठ सिक्नुपर्ने धारणा पनि प्रधानमन्त्रीको थियो । सरकाले भविष्यमा घरेलु उपभोक्तालाई निर्यात गरिने मुल्यको तुलनामा सस्तो दरमा विद्युत्त उत्पादन गर्ने लक्ष्य लिएको पनि प्रधानमन्त्रीले बताउनु भयो ।

कार्यक्रममा बोल्दै उपप्रधान तथा उर्जा मन्त्री विष्णुप्रसाद पौडेलले अब माथिल्लो तामाकोशीको सफलताबाट यस्तै अरु कीर्तिमानी आयोजना थप्ने उत्साह सञ्चार भएको बताउनुभयो । स्वदेशी लगानीमा निर्मित दोलखा जिल्लाको विगु गाउँपालिका वडा नं. १ मा रहेको राष्ट्रिय गौरवको ४ सय ५६ मेगावाट क्षमताको यो आयोजनाबाट उत्पादित बिजुली ४७ कि.मि. लामो २२० के.भी. डबल सर्किट प्रसारण लाइन हुँदै रामेछापको मन्थली नगरपालिका,. १३ स्थित साँखेमा स्थापित न्यू खिम्ती सव–स्टेसनमा पुर्याइएको छ । उक्त सव–स्टेसनबाट प्राधिकरणको ढल्केवरस्थित ४००÷२२० के.भी. सव–स्टेसनमा पु¥याई त्यहाँबाट राष्ट्रिय प्रसारण ग्रीड प्रणाली मा आबद्ध गरिएको छ ।

१० वर्षअघिको शिलान्यास समारोह ।

आयोजनाअन्तर्गत बाँध_इन्टेक, सुरुङ, भूमिगत विद्युतगृहलगायतका सिभिल संरचनाहरूको निर्माण कार्य, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल कार्यहरू तथा ४७ कि.मि. लामो २२० केभी डबल सर्किट प्रसारण लाइन र २२०÷१३२ केभी सवस्टेशनको सम्पूर्ण निर्माण कार्यहरू सम्पन्न गरी परीक्षण कार्यहरू समेत सम्पन्न गरिसकिएको छ ।

सुरुमा ६ वर्षमा आयोजनाको निर्माण कार्य सक्ने लक्ष्य राखिएको यो आयोजनाको शिलान्यास २०६८ जेठ ४ गते गरिएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यका अनुसार मुख्य सुरुङको डिजाइन परिवर्तन, २०७२ वैशाखको विनाशकारी महाभूकम्प र त्यसपछिको तराई आन्दोलन, लामोसाँघु चरिकोट सडक स्तरोन्नतिको कारण ढुवानीमा आएको समस्या¸ हाइड्रो मेकानिकल कार्यका ठेकेदारको कमजोर कार्यसम्पादन तथा कोरोना महामारी जस्ता विभिन्न कारणहरूले गर्दा निर्माण कार्य विलम्व हुन गएको हो ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार २३:१०