३० भदौ २०८३, मंगलबार | Tue Sep 15 2026

तामाकोशीको सफलताले राष्ट्रिय आत्मविश्‍वास बढाएको छः राष्ट्रपति भण्डारी

२१ असार, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले तामाकोशीको सफलताले राष्ट्रिय आत्मविश्‍वास बढाएको प्रतिक्रिया दिनुभएको छ । सोमबार राति ट्वीट गर्दै उहाँले भन्नुभयो ‘माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट उत्पादन सुरु भई राष्ट्रिय प्रसारणमा जोडिनु गौरवको क्षण हो। यस आयोजनाले हाम्रो विद्युत उत्पादन क्षमता वृद्धि गर्नुका साथै ठूला परियोजना निर्माण गर्न राष्ट्रिय आत्मविश्‍वास बढाउने विश्‍वास लिएको छु । आयोजनाको सफलतामा योगदान गर्ने सबैमा बधाई !’

प्रकाशित मिति : July 5, 2021 at 10:59 pm