२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

काेराेना अपडेटः २६२२ संक्रमित थपिए, २३ को मृत्यु, २२११ संक्रमणमुक्त

२१ असार, काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा  थप २६२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ७४९९ जनाको पीसीआर परीक्षण गर्दा १७४५ र ४०२८ जनामा एन्टिजेन परीक्षण गर्दा ८७७ जना गरी जम्मा २६२२ जनामा काेराेना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप २२११ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : July 5, 2021 at 5:36 pm