१५ कार्तिक २०८१, बिहीबार | Fri Nov 1 2024

संसद विघटन मुद्दामा बहस सकियो, असार २८ मा फैसला आउने

२१ असार, काठमाडाैँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा बहस सकिएको छ । निरन्तर सुनुवाई शुरु भएको ११ औं दिनमा सोमबार बहस सकिएको हो । संवैधानिक इजलासमा एमिकस क्युरीले राय दिएसँगै सोमबारबाट सुनुवाइ सकिएको छ । इजलासले यो मुद्दाको फैसला असार २८ गते आउने जानकारी दिएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा आजबाट सम्पूर्ण सुनुवाइ सकिएर अदालतले सो दिन फैसला सुनाउने मिति तय गरेको हो ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार १७:१४