काेराेना अपडेटः १६०३ संक्रमित थपिए, २७ जनाको मृत्यु, २५५२ संक्रमणमुक्त
२० असार, काठमाडाैँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ३२५६ जनाको पीसीआर परीक्षण गर्दा १०४२ र ४८७६ जनामा एन्टिजेन परीक्षण गर्दा ५६१ जना गरी जम्मा १६०३ जनामा काेराेना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा काेराेना संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ । सोही अवधिमा देशभर थप २५५२ जना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति : July 4, 2021 at 4:55 pm





