५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

नारायणगढ मुग्लिन सडकमा क्यान्टी लिभर राख्ने योजना असफल


१७ फागुन, चितवन । नारायणगढ मुग्लिन सडकमा क्यान्टी लिभर राख्ने योजना असफल
भएको छ ।

नारायणगढ मुग्लिन  क्षेत्रमा सडक निकै साँघुरो भएको र अग्लो डाँडो काट्न कठिन भएपछि घरमा बार्दलीजस्तो बनाएर सडक चौडा बनाउने प्रविधि (क्यान्टी लिभर) राख्ने योजना प्रस्ताव गरिएको थियो ।

मुग्लिनबाट नारायणगढतर्फ ८०० मिटरदेखि एककिलोमिटर ३०० मिटरसम्मको ५०० मिटर लम्बाइको नौ ठाउँमा १२३ मिटर लम्बाइमा क्यान्टी लिभर राख्ने तयारी गरिएको थियो । ती ठाउँमा शुरुमा सडक पाँच दशमलव पाँचदेखि छ मिटरसम्म फराकिलो थियो । भित्तो काटेर हाल सात दशमलव पाँच मिटरसम्म फराकिलो भएको छ । सम्झौताअनुसार ती ठाउँमा सडक नौ मिटर फराकिलो बनाउनु पर्ने हुन्छ ।

पहिलो विकल्प क्यान्टी लिभर, दोस्रो विकल्प नियन्त्रित विस्फोट गराएर भित्तो काट्ने र तेस्रो विकल्प आठ मिटर सडक चौडा गर्ने रहेको थियो । ठेकेदार कम्पनीले तेस्रो विकल्प रोज्दै क्यान्टी लिभर राख्ने भए रु ६ करोड थप रकम माग गरेको आयोजनाले जनाएको छ ।

त्यति ठूलो रकम मापदण्डअनुसार दिन भएका कारण क्यान्टी लिभर राख्ने योजना असफल भएको हाे  ।
सन् २०१५ को अप्रिलबाट दुई वर्षमा काम सक्ने गरी ठेक्का दिइएको सो सडकको काम हालसम्म ७६ दशमलव ५ प्रतिशत मात्र सम्पन्न भएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७४, बिहीबार १४:०७