अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा लागेकाे आगाे नियन्त्रण
१६ असार, काठमाडाैँ । काठमाडौँ महानगरपालिका ४ पनीपोखरीस्थित अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालको बन्दै गरेको नयाँ भवनमा लागेकाे आगाे नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय वासिन्दा र दमकलको सहयोगमा नियन्त्रणमा ल्याएको छ ।

असार १५ गते बिद्युतीय तार सर्ट भई आगालगी भएको जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ गण निलवाराही काठमाडौं, सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गण विपद् उद्वारा काठमाडौं, सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गुल्म काठमाडौं र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश जुद्ध बारुण यन्त्रबाट खटिएको सशस्त्र प्रहरीले उक्त आगाे नियन्त्रण लिएका हुन् ।

सो आगलागीमा परी उक्त अस्पतालका सुरक्षा गार्ड दुर्गा पौडेल, निर्माण मजदुर नन्दलाल पण्डित, समिता तामाङ्ग र विमला सुनार घाइते भएका छन् । घाइतेहरुको उपचारको लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा पठाइएको छ । उक्त आगलागीबाट करीव २२ लाख रुपैयाँ बराबरको क्षती भएको बताइएको छ ।

प्रकाशित मिति : June 30, 2021 at 1:26 pm





