३ श्रावण २०८३, आइतबार | Mon Jul 20 2026

राष्ट्रिय युवा संघको आयोजनामा कालिकामा धान रोपाइँ कार्यक्रम सम्पन्न (फोटोफिचर)

-शिशिर सिंखडा

१५ असार, चितवन । राष्ट्रिय युवा संघ नेपाल, कालिका नगर कमिटीको आयोजनामा वडा नं.३, पदमपुरमा आज धान रोपाइँ कार्यक्रम सम्पन्न भएको छ ।

सो धान दिवसको अबसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले बागमती प्रदेश कमिटीका सचिवालय सदस्य तथा बागमती प्रदेशका सांसद बिजय सुवेदी, नेकपा एमाले चितवनका सचिब प्रकाश खनाल, संघका केन्द्रीय सचिब प्रताप डल्लाकोटी, अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य घनश्याम ढुङ्गाना लगायतले मन्तव्य राखेका थिए ।

संघका नगर संयोजक पुर्ण महतोको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला सदस्य तथा पार्टी युवा फाँटका कालिका नगर इन्चार्ज हिम्मत पुरीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । असार १५ अर्थात धान दिवसको अबसरमा आयोजित कार्यक्रममा दही च्युरा खाने कार्यक्रम तथा प्रमुख अतिथि, अतिथिहरुले धान रोपेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।

प्रकाशित मिति : June 29, 2021 at 3:10 pm