१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

मनोहरा र हनुमन्ते खोलाको बाढी यसरी पस्यो बस्तीमा (भिडियो र फोटोसहित)

२८ असार, काठमाडौँ । निरन्तरको वर्षाका कारण मनोहरा र हनुमन्ते खोलामा आएको बाढीले काठमाडौं र भक्तपुरका केही ठाउँ डुबानमा परेका छन् । हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर र मध्यपुरका केही क्षेत्र डुबानमा परेको छ । भक्तपुरको जगाती, बाराही ठाउँका वस्तीमा पानी पसेको छ, भने भूकम्प पीडितको शिविर डुबेको छ ।

मध्यपुरथिमिको राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका वस्ती पुरै डुबानमा परेको छ । राधेराधे अगाडिदेखि सानोठिमी जाने निकोसेरासम्म डुबानमा परेको छ । जमिनबाट चारफिट माथिसम्म पानी जमेपछि घरभित्र पानी पसेको छ । मध्यपुरथिमिमा अरनिको राजमार्ग खण्डको दुबै क्षेत्र डुबानमा परेको छ ।

हेर्नुहोस् भिडियो

चारदोबाटोबाट बालकोट जाने वस्ती र गठ्ठाघरको तल्लो भेग डुबानमा परेको परेको छ । मनोहरा खोलामा आएको बाढी बस्तीमा पसेपछि जडिबुटीस्थित सुकुम्बासी वस्ती पुरै डुबानमा परेको छ ।

प्रकाशित मिति : २८ असार २०७५, बिहीबार ०९:२७