२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

एनआईसी एशिया सेलेक्ट-३० फण्डमा आवेदन दिने आज अन्तिम दिन

१४ असार, काठमाडाैँ । एनआईसी एशिया म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘एनआईसी एशिया सेकेक्ट–३० (इन्डेक्स फन्ड)’ मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। योजना व्यवस्था एनआईसी एशिया क्यापिटल र कोष प्रवर्द्धक एनआईसी एशिया बैंक रहेको यो इन्डेक्स फन्डका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइको सार्वजनिक निष्कासन गरिएकाे हो। जसमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई छुट्याइएकाे छ ।

यो सात वर्षे बन्दमुखी प्रकृतिको योजना हो। यो योजनामा लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतममा १ करोड इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट खरिद आवेदन दिन सक्नेछन्। सीडीएसी एन्ड क्लियरिङले सञ्चालन गरेको मेरो सेयरबाट पनि अनलाइन आवेदन दिन सकिनेछ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार ११:३८