५ श्रावण २०८३, मंगलबार | Wed Jul 22 2026

भादा नदिमा हामफाली आत्महत्या गर्न खोज्ने महिलाको सकुशल उद्दार

११ असार, बर्दिया  । बर्दियाको सदरमुकाम गुलरिया नजिक भादा नदीमा हाम फालेर आत्महत्या गर्न खोज्ने एक जना भारतीय महिलालाई प्रहरीले सकुशल उद्धार गरेको छ । गुलरिया नगरपालिका ८ मा पर्ने भादा नदीमा हाम फालेर आत्महत्या प्रयास गर्ने भारतको बहराईच जिल्ला थाना मोतिपुर गाउँ बलैगाउँकी ४० वर्षीया जलदैया थारुलाई प्रहरीले सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीले जानकारी दिनुभयो ।

बिहीबार अन्दाजी १६:३० बजेतिर महिलाले भादा नदीमा हाम फालेको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक मणिराज भट्टको कमान्डमा गएको प्रहरी टोलीले उद्धार गरेको हो ।

बर्दिया अस्पताल गुलरियामा उपचारपछि सोधपुछ गर्दा नाम र ठेगाना खुलेपछि ती महिलालाई भारतको बहराईच जिल्ला थाना मोतिपुर ग्राम पञ्चायतका गाउँ प्रधानसँग समन्वय गरी श्रीमान् मिश्रिराम थारुको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रकाशित मिति : June 25, 2021 at 3:20 pm