८ जेष्ठ २०८१, मंगलवार | Tue May 21 2024

९ असार, लहान । पूर्व पश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–१० प्रयागपुरमा गुडिरहेको टिपरमा आज बिहान आफैँ आगलागी हुँदा जलेर नष्ट भएको छ ।

इँटा लोड गरी पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना१क ५५५१ नंको टिपरमा अचानक आफैँ आगलागी भएको प्रहरीले जनाएको छ । गुड्दै गरेको टिपरमा अचानक आगलागी भएपछि चालकले हामफालेर ज्यान जोगाएको स्थानीयवासीले बताएका छन् ।

समयमा आगो निभाउन नसक्दा टिप्पर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ । बीच सडकमै जलेको टिप्पर हटाउने र घटना विषयबारे थप अनुसन्धानको कार्य भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार १२:४९