८ जेष्ठ २०८१, मंगलवार | Tue May 21 2024

युट्युबमा भाइरल सन्तोषी सुब्बाकाे हत्या, दक्षिणकालीकाे शौचालयमा भेटियाे शव


९ असार, काठमाडाैँ । युट्युबमा भाइरल सन्तोषी सुब्बाकाे शव काठमाडौँको दक्षिणकालीमा भेटिएको छ । महानगरीय अपराध महाशाखाका अनुसार पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी २७ वर्षकी सन्तोषी सुब्बाको शव मंगलबार दक्षिणकालीको शौचालयमा फेला परेकाे थियाे ।

प्रहरीका अनुसार सन्तोषीको सलले घाँटी कसेर हत्या गरीएकाे र टाउकोमा गह्रुँगो वस्तुले हिर्काएर अनुहार क्षतविक्षत भएकाे अवस्थामा भेटिएकाे छ ।

उनको हत्या कसले र किन गर्‍यो भन्ने अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसरले जनाएको छ। सन्तोषीको भजाइनल स्वाब संकलन गरिएको छ। यसबाट उनको बलात्कार भए नभएको खुल्ने प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार १२:५७