६ श्रावण २०८३, बुधबार | Thu Jul 23 2026

संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाइ जारी

९ असार, काठमाडौँ । प्रतिनिधिसभा विघटन मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ शुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो ।

संवैधानिक इजलासमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गरि देउवासहित १४६ निवर्तमान सांसदले दायर गरेको निवेदनमाथि सुनुवाइ सुरु भएको हो । बहसका लागि यसअघि नै निवेदक र विपक्षीलाई १५–१५ घण्टाको समय तोकिएको छ भने एमिकस क्युरीले २ घण्टा समय पाउनेछन् ।

प्रकाशित मिति : June 23, 2021 at 12:19 pm