३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

रोल्पामा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु


९ असार, रोल्पा । रोल्पामा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । रोल्पाको रोल्पा नगरपालिका –९ होमामा गएराति पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको हो । अविरल वर्षाका कारण घरमाथिबाट झरेको पहिरोले घर पुरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पहिरोले घर पुरिँदा स्थानीय तिकासिंह बुढामगरका ८६ वर्षीय आमा क्रति बुढामगर, १८ वर्षीय बुहारी सुशीला बुढामगर र १५ वर्षिय छोरी श्यामकला बुढामगरको मृत्यु भएको छ। प्रहरीका अनुसार ६ जना सुतेका मध्ये २ जनाको अवस्था सामान्य रहेको छ। भने एक जनाको अवस्था गम्भीर रहेको छ । घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी प्रमुख डीएसपी नरेशराज सुवेदीसहितको टोली घटनास्थलमा पुगेर उद्धारको काम गरेको छ ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार १०:२७