६ श्रावण २०८३, बुधबार | Thu Jul 23 2026

निउरो टिप्न जाँदा बाघको आक्रमणबाट १ जनाकाे मृत्यु

८ असार, भरतपुर । जनकौली मध्यवर्ती सामुदायिक वन क्षेत्रमा निउरो टिप्न गएका समयमा बाघको आक्रमणबाट सोमबार एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका –५ मगरटोलकी ३२ वर्षीया गीता अधिकारी छिन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आफ्नो घर नजिकै रहेको सो वन क्षेत्रमा निउरो टिप्न गएका बेला बाघले आक्रमण गर्दा अधिकारीको मृत्यु भएको हो । अधिकारीको शव समयमा जङ्गलबाट निकाल्न माग गर्दै स्थानीयवासीले प्रदर्शनसमेत गरेका थिए । साथै स्थानीयवासीले निकुञ्जको सौराहा सेक्टर कार्यालयमा तोडफोड र आगजनी गर्दा केही समय सो क्षेत्र तनावग्रस्त बनेको थियो ।

आज अपराह्न चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्राकृतिक संरक्षण कोषका कर्मचारीले बाघलाई ‘डट’ गरेर नियन्त्रणमा लिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा मात्र जिल्लामा चार जनाको बाघको आक्रमणबाट मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : June 22, 2021 at 6:21 pm