३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

साढे १३ लाख नागरिकलाई तत्काल कोभिसिल्डको दोस्रो डोज दिन सर्वोच्चको अन्तरिम आदेश


८ असार, काठमाडौँ । ६५ वर्षभन्दा माथिल्लो उमेर समूहका नागरिकलाई तत्काल कोभिड-१९ विरुद्धको कोभिसिल्डको दोस्रो डोज खोप लगाउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ । न्यायाधीश ईश्वर खतिवडाको इजलासले गत फागुनमा कोभिशिल्डको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई ढिलाइ भएको भन्दै अदालतले तत्काल खोप लगाउन आदेश दिएको हो ।

विश्व स्वास्थ्य संगठनले कोभिशिल्ड खोप पहिलो डोज लगाएको ८ देखि १२ हप्तासम्म लगाउन सकिने सिफारिस गरेको छ । तर नेपालका ६५ वर्षमाथिका साढे १३ लाख ज्येष्ठ नागरिकले पहिलो डोज खोप लगाएको १२ हप्ता नाघिसकेको छ ।

दोस्रो डोज खोप लगाउन माग गर्दै अर्जुनराज गिरीले सर्वोच्चमा रिट दायर गर्नुभएकाे थियाे । उक्त रिटमा सुनवाइ गर्दै मंगलबार सर्वोच्चले सरकारका नाममा कारण देखाउ आदेश र तत्काल खोप उपलब्ध गराउन अन्तरिम आदेश  जारी गरेको हो ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलवार १६:०८