३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

ओलीको भ्याकेट निवेदनः दुवै पक्षलाई छलफलमा बोलाउन सर्वोच्चको आदेश


८ असार, काठमाडौँ । नेकपा एमालेको ह्वीप उल्ल्घंन गरेका कर्णाली प्रदेशका ४ जना सांसदलाई जवाफसहित उपस्थित हुन सर्वोच्चको अदालतले आदेश गरेको छ । मंगलबार न्यायाधीश आनन्दमोहन भट्टराई र हरि फुयालको संयुक्त इजलासमा यस्तो आदेश गरेको हो ।

यसअघि एमाले दशौं महाधिवेशन आयोजक कमिटीले गरेको कारवाहीलाई अवैध भन्दै सर्वोच्चले ४ जनाको पुनर्वहाली गरेको थियो । पदमुक्त गरिएका सांसदहरू प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर शाही र कुर्मराज शाहीलाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको आदेशविरुद्धको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिनुभएको पुनरावलोकन निवेदन (भ्याकेट) माथिको सुनुवाइपछि आज सर्वोच्चले दुवै पक्षलाई छलफलमा बोलाउन आदेश दिएको हो ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलवार १५:४८