६ श्रावण २०८३, बुधबार | Thu Jul 23 2026

मन्त्रिपरिषद् विस्तारविरुद्धको मुद्दा प्रधानन्यायाधीशकाे इजलासमा

८ जेठ, काठमाडौँ । मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ता राजकुमार सुवाल, शालिकराम सापकोटा, सितादेवी अधिकारी, कञ्चनकृष्ण न्यौपाने र वीरेन्द्रप्रसाद शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलगायतलाई विपक्षी बनाइएको मुद्दा प्रधान्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा तोकिएको छ ।

मन्त्रिपरिषद् बिस्तार विरुद्ध परेका रिटमाथि सुनुवाइका क्रममा सर्वोच्च अदालतले यसअघि जेठ २५ गते मंगलबार यसबारे महान्यायाधिवक्तामार्फत लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको थियो। आज दुबै पक्षबाट बहस हुनेछ र रिट निवेदकले माग गरे बमोजिम सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा मन्त्रिपरिषद पुनर्गठन रद्ध हुनेछ ।

प्रकाशित मिति : June 22, 2021 at 11:56 am