६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

गोली लागी एक युवक गम्भीर घाइते,हतियार धारी फरार


१७ फागुन,पर्सा । पर्सामा अज्ञात हतियारधारीले बुधबार चलाएको गोली लागी वीरगन्जमा एक युवक गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय भन्दा ५० मिटर पश्चिममा रहेको रातोबंगलाअगाडि राति ९ः३० बजेको समयमा हतियारधारीले प्रहार गरेको गोली लागी वीरगन्ज महानगपालिका–१३ रानीघाट निवासी ३२ वर्षीय उमेशप्रसाद चौरसिया गम्भीर घाइते भएका हुन् ।
घाइते चौरसियाको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका लागि भर्ना गराए पनि उनको स्वास्थ्य स्थिति जटिल बन्दै गएपछि थप उपचारका लागि काठमाडाँैको वीर अस्पतालमा रिफर गरिए छ । चौरसियाको दाहिने कोखामा लागेको गोलीका कारण आन्तरिक रक्तस्राव हुनाका साथै रक्तचापसमेत अनियन्त्रित हँुदै गएपछि थप उपचारका लागि पठाइएको चिकित्सकको भनाइ रहेको छ । चौरसियामाथि गोली प्रहार गर्नेकोे खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७४, बिहीबार ०९:५४