७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

मेलम्ची क्षेत्रमा अनेरास्ववियूले बाँडेको राहतमा माओवादीले आँखा गाडेपछि…

३ असार, सिन्धुपाल्चोक । असार १ गते साँझ मेलम्ची र इन्द्रावती नदिमा आएको बाढीले मेलम्ची बजार, हेलम्बु, पाँचपोखरी लगायत क्षेत्रमा असर गर्‍यो। सबैभन्दा बढी असर चनौटे (हेलम्बु गापा) र मेलम्ची बजारमा सबैभन्दा बढी असर गर्‍यो। दर्जनौं मानिस बेपत्ता भए, सयौं घरबार बिहिन भए।

अहिले राहत लानको लागि होडबाजी चलेको छ। सबभन्दा पहिले राहत मेलम्चीमा पुर्‍याएर जनताको दु:खमा अलिअलि भए पनि मल्हम लगाउने कोसिस अनेरास्ववियु गर्‍यो।

केन्द्रिय अध्यक्ष, उपाध्यक्ष लगायत ८ जनाको स्वास्थ्य टोली सहिद करिब १० लाख बराबरको सहयोग लिएर ऐन महर आफैं उपस्थित भएर राहत बाँडेर २ गते नै काठमाडौ फर्केका थिए।

उनले सबै पिडितलाई राहत प्रत्यक्ष रुपमा वितरण गर्न सकेका थिएनन्। उनले छोडेर गएका राहत अनेरास्ववियुका कार्यकर्ताहरुले आज बाँडेका थिए।

आफू केही नगर्ने, अरुले गरेको नसहने माओवादीको केन्द्रिय नीति हो, जसको सिको तल्लो तहको कार्यकर्ताहरुले मज्जाले गर्छन्। त्यही रुप आज मेलम्चीम देखाए, केहि माओवादी कार्यकर्ताहरुले।

“हिजो बाड्न बाकी भएका स्वास्थ्य सामग्रीहरु बाडिरकेका थियौं, हिजो छुटेका पीडितहरु सामग्री दिइरहेका थियौ, एक्कासि नाराबाजी गर्दै, हाम्रो ब्यानर च्यातेर हामी माथी आक्रमण गर्न आए। तर स्थानीय जनताहरुले प्रतिकार गरेपछि माओवादी कार्यकर्ताहरु कुलेलाम ठोके” । इन्द्रावती क्याम्पसका स्ववियु सभापति समेत रहेका अनेरास्ववियु केन्द्रीय सदस्य बालकृष्ण दुलालले भने।

“हेलम्बु जानको लागि बाटो नै भत्किएको हुँदा २०० बोरा भन्दा बढी चामल, स्वास्थ्य सामग्री आदि हेलम्बुको लागि छोडेर आएका थियौ, तर माओवादीहरु सामग्री लुट आएछन्, हाम्रा कार्यकर्ताहरु र स्थानीय बासिन्दाले प्रतिकार गरेपछी उनीहरूको उद्देश पूरा हुन सकेन। च्यातेको हाम्रो ब्यानर देखाउदै हामी विरुद्ध कु-प्रचार गर्दै हिडेछन् माओवादीहरु”- अनेरास्ववियुका सचिवालय सदस्य सञ्जीव धितलले भने।

हेर्नुस केही तस्बिरहरु।

प्रकाशित मिति : June 17, 2021 at 10:22 pm