३० भदौ २०८३, मंगलबार | Wed Sep 16 2026

काेराेनाबाट सिर्जित समस्याकाे पुनर्उत्थानका लागि विश्व बैंकले नेपाललाई १७ अर्ब ७८ करोड ऋण सहायता दिने

३ असार, काठमाडाैँ । विश्व बैंकले नेपाललाई कोभिड–१९ काे सङ्क्रमणबाट सिर्जित समस्याकाे पुनर्उत्थानका लागि १७ अर्ब ७८ करोड रुपैयाँ ऋण सहायता दिने भएको छ । नेपाल, श्रीलङ्का र माल्दिभ्सका लागि बैंकका देशीय निर्देशक फारिस हदाद जारभोसले कोभिडबाट सिर्जित समस्या समाधानका लागि सहयोग गर्न बैंक तयार रहेकाे र यसबाट सामाजिक र आर्थिक अवस्था उकास्नका लागि सहज हुने बताउनुभएको छ ।

कोभिड महामारीबाट सामाजिक एवम् आर्थिक क्षेत्रमा परेको प्रभाव घटाउन प्रभावित जनसङ्ख्यालाई हरित, उत्थानशील र समावेशी पुनरुत्थानमा तत्काल राहत उपलब्ध गराउनु बैंकको प्राथमिकता भएको उहाँको भनाइ छ । नेपालको आर्थिक वृद्धि, पुनरुत्थान र उत्थानशील वित्तीय नीति तथा कार्यक्रममा सघाउन यो रकम उपयोग हुनेछ । यस्तै कर तथा भन्सार प्रणाली, ऋण व्यवस्थापन, सार्वजनिक खर्च, सामाजिक सुरक्षा कार्यक्रमको आधुनिकीकरण, हरित पुनरुत्थानका लागि नियामक आधार खडा गर्ने, संरचनागत व्यवधान हटाउन तथा पुँजीमा निजी क्षेत्रको पहुँच पुर्‍याउन सहयोग रकम परिचालन हुने पनि विश्व बैंकले जनाएको छ ।

प्रकाशित मिति : June 17, 2021 at 3:34 pm