७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

प्रसिद्ध धार्मिक क्षेत्र घटालथान डुबानमा

२ असार, अमरगढी । डडेल्धुरामा पाँच दिनदेखिको लगातार वर्षातका कारण सुदूरपश्चिमको प्रसिद्ध धार्मिक क्षेत्र घटालथान डुबानमा परेको छ । महाभारतका चर्चित पात्र पाण्डव भीमका हिडम्बनातर्फका पुत्र ‘घटोत्कच’का नामले प्रसिद्ध शक्तिशाली देवता घटालथान अविरल वर्षाले डुबानमा परेको हो ।

पर्यटन पूर्वाधारका लागि निर्माण भइरहेकै बेला महाभारत पर्वत शृङ्खलाको फेदमा रहेको अमरगढी नगरपालिका–३ डोटीखोलामा अवस्थित घटालथानमा वर्षाले सो क्षेत्रमा निर्माणाधीन संरचनासहित धरापमा परेको स्थानीयवासी राजेन्द्र जैसीले बताउनुभयो ।

खोलामा वर्षातको पानीको सतह बढेपछि रु एक करोड ४१ लाखमा निर्माण भएको प्यारापिट, मूल मूर्ति स्थान तथा मसानघाटको आरसिसी ढलानलगायत पर्यटक विश्रामस्थल डुबानमा परेपछि पर्यटकीय धार्मिक क्षेत्र सङ्कटमा परेको घटाल क्षेत्र विकास समितिका अध्यक्ष कृष्णराज बोहराले जानकारी दिनुभयो ।

प्रकाशित मिति : June 16, 2021 at 1:24 pm