यी हुन् उपत्यकामा एकसाता थपिएकाे निषेधाज्ञामा सञ्चालन गर्न पाइने र नपाइने कार्यहरू (पूर्णपाठ)
३० जेठ, काठमाडाैँ । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञाको अवधि एक साता थप गरिएको छ । काठमाडौँ उपत्यकाका सीडीओकाे आइतबार बसेकाे बैठकले कोरोनाको महामारी अझै उल्लेख्य नघटेको भन्दै निषेधाज्ञा थप गर्ने निर्णय गरेकाे हाे । बैठकले खाद्यान्नका पसल विहान ११ बजेसम्म खाेल्न दिने निर्णय गरेकाे छ ।
यस्तै बैठकले अनलाइन डेलिभरी गर्न दिने, पुस्तक पसल बिहान ११ बजेसम्म खाेल्न पाउने, हार्डवेयर पसल अपरान्ह ४ बजेपछि खोल्न पाउने, कृषि कार्य सञ्चालन गर्न दिने र भिसा लिनका लागि सहजिकरण गर्ने लगायतका निर्णय गरेकाे छ । बैठकले सवारी आवागमनमा लगाइएको रोक भने यथावत राख्ने निर्णय गरेकाे छ ।
यस्ताे छ पूर्णपाठः
प्रकाशित मिति : June 13, 2021 at 5:36 pm





