काेराेना अपडेटः २४ घण्टामा थपिए २४०७ संक्रमित, ३९९४ संक्रमणमुक्त, ४६ जनाको मृत्यु
३० जेठ,काठमाडाैँ । पछिल्लाे २४ घण्टामा थप २४०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १६९४ जनाकाे पीसीआर परीक्षण गर्दा र ७१३ जनाकाे एन्टिजेन परीक्षण गर्दा २४०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे । त्यस्तै, काेराेना संक्रमणका कारण थप ४६ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ८४१२ पुगेको मन्त्रालयले जानकारी दिएको छ । यस अवधिमा थप ३९९४ जना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति : June 13, 2021 at 4:47 pm





