६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

रङहरूको पर्व फागुपूर्णिमा आज, पहाडी भेगमा हर्ष र उल्लासका साथ मनाइँदै


१७ फागुन, काठमाडाैँ । प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमाका दिन मनाइने रङहरूको चाड फागुपूर्णिमा आज पहाडी भेगमा हर्ष र उल्लासका साथ मनाइँदै छ ।

वसन्त ऋतुको आगमनको उल्लाससँगै फागुन महिनामा मनाइने यो पर्व एकार्कामाथि विभिन्न प्रकारका रङहरू लगाइदिएर मनाइन्छ । पूर्णिमाको अघिल्लो दिन बुधबार राति होलिका दहन गरेपछि बिहानैदेखि आफन्त साथीभाइलाई रङ लगाएर होली मनाइएको छ ।

 

होलीका कारण काठमाडौँ उपत्यकामा आज सवारी साधन सीमित मात्रामा चलेका भए पनि विगतका वर्षमा भन्दा यस वर्ष भव्य र सभ्य रुपमा होली मनाइएको देखिएको छ ।

फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर (विशेष रूपले सजाएको लिङ्गो) गाडेपछि होली सुरु भएको मानिने र पूर्णिमाको रात (आज)मा उक्त चीर ढालेर जलाएपछि समाप्त भएको मानिन्छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७४, बिहीबार ०६:०५