७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

प्रधानमन्त्री ओलीको किड्नसँग जोडेर दिपक मनाङेको छुद्र टिप्पणी

३० जेठ, काठमाडौँ । नेकपा एमालेसँगको निकटता त्यागेर नेपाली कांग्रेस प्रवेशको तयारीमा रहनुभएका गण्डकी प्रदेशका विनाविभागिय मन्त्री राजिव गुरूङ उर्फ दिपक मनाङेले प्रधानमन्त्री केपी शर्मा ओलीको किड्नीसँग जोडेर छुद्र टिप्पणी गर्नुभएको छ । उहाँले हिजो सडकमा धर्नामा बसेको समयमा प्रधानमन्त्रीप्रति छुद्र टिप्पणी गरेको भिडियो अहिले समाजिक सञ्जालमा भाइरल बनेको छ ।

मनाङेले विनाविभागीय मन्त्रीको सपथ खानुअघि प्रधानमन्त्रीको स्वास्थ्यसँग जोडेर छुद्र टिप्पणी गर्नुभएको हो । मनाङेले भन्नुभएको छ, ‘केपी ओलीको न वर्तमान छ, न भविष्य छ । तर, यसको पछि लाग्ने मान्छेहरुको बुद्धि छैन रैछ क्या । दुईवटा किड्नी नभएको मान्छे हो । अरुको त किड्नी छ नि यार । बुद्धि भए छिटो उसको साथ छोड्दा राम्रो हुन्छ । म त टाइममै छोडेर बचेँ ।’ मनाङे केहीदिनमा नेपाली कांग्रेस प्रवेश गर्ने तयारीमा रहनुभएको छ ।

प्रकाशित मिति : June 13, 2021 at 10:27 am