वैद्यलाई कारबाहीको माग गर्दै सडकमा निस्किएका अनेरास्ववियूका १० जना पक्राउ
२९ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्छु भन्ने नेपाली कांग्रेसका सांसद नरोत्तम वैद्यलाई कारबाहीको माग गर्दै प्रदर्शनमा निस्किएका अनेरास्ववियूका दश जना पक्राउ परेका छन ।
अनेरास्ववियूका नेता कमल जोशीको नेतृत्वमा काठमाडौँको अस्कल क्याम्पसअघि प्रदर्शन गरिरहेका १० जना विद्यार्थी नेता पक्राउ परेका हुन । उनीहरूले वैद्यलाई तुरून्त गिरफ्तार गरेर कारबाही नगरे आफूहरूले नै कारबाही गर्ने भन्दै चर्को नाराबाजी गरेका थिए ।
पक्राउ पर्नेमा जोशीसहित धिरेन्द्र आचार्य, उज्ज्वल भण्डारी, रुद्रहरि पोखरेल, अनुराघ घिमिरे, शिव बुढाथोकी लगायतका रहेका छन ।
प्रकाशित मिति : June 12, 2021 at 5:19 pm





