दिपक मनाङेलाई पोखराबाट अपहरण गरेर बाबुराम भट्टराई निवासमा पुर्याइएको खुलासा
२८ जेठ, काठमाडाैँ । गण्डकी प्रदेश सरकारबाट बर्खास्त भएका राजिब गुरूङ उर्फ दीपक मनङे जसपाका नेता डा बाबुराम भट्टराईको निवासमा भेटिएका छन । नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरूसँग रातभर रहेका मनाङलाई सोही राति अपहरण गरेर भट्टराई निवासमा ल्याइएको पाइएको छ । बुधबार राति मनाङे बाबुराम निवास पुगेको उनैले समाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन ।
राजिव गुरूङको फेसबुक वालबाट सार्वजनिक भएको तस्बिरमा टिप्पणी गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मनाङेलाई कसले लुकाएको रहेछ ? भन्दै प्रश्न गर्दै तस्बिर नै बोल्ने उल्लेख गर्नुभएको छ । तस्बीर हेर्दा डा भट्टराईको काठमाडाैँको निवासमा दुइ जनाको भेट भएको अनुमान गर्न कुनै कठिन छैन । मनाङे मन्त्री भएर पनि मुख्यमन्त्रीले विश्वासको मत लिने समयमा संसदमा उपस्थित हुनुभएको थिएन ।
अहिले समाजिक सञ्जालमा उहाँहरूको तस्बीर भाइरल भएको छ । यसअघि जसपाका सांसदहरू काठमाडाैँको मेरियट होटलबाट हराउँदा पनि भट्टराईकै निवासमा भेटिएका थिए ।

प्रकाशित मिति : June 11, 2021 at 5:06 pm





