गणेश लामालाई हिरासतमुक्त नगरे नेपाली कांग्रेसले आन्दोलन गर्ने
२८ जेठ, काठमाडौँ । नेपाली कांग्रेसले डन भनेर चिनिने आफ्ना नेता गणेश लामालाई तत्काल रिहा नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । लामा बिहीबार पोखराबाट पक्राउ परेका थिए । लामालाई पक्राउ गर्नुमा गण्डकी प्रदेश सरकारको मिलेमतो र प्रतिशोध मिसिएको कांग्रेसले आरोप लगाएको छ । काँग्रेस काभ्रेका सभापति मधु आचार्यले बिहीबार विज्ञप्ति जारी गर्दै लामाको अविलम्ब ससम्मान रिहाइ नगरे सरकारविरुद्ध सशक्त कदम चाल्न बाध्य हुने चेतावनी दिनुभएको छ ।
प्रकाशित मिति : June 11, 2021 at 8:46 am





