कांग्रेस नेता एवं डन गणेश लामा पोखरा पुगेपछि मन्त्री मनाङे सम्पर्कबिहीन, लामा पक्राउ परे
२७ जेठ, काठमाडाैँ । नेपाली कांग्रेसका नेता एवं डन गणेश लामा पोखरा पुगेपछि डन एवं युवा तथा खेलकुद मन्त्री दीपक मनाङे सम्पर्कबिहीन भएको खुलासा भएको छ । लामा पोखरा पुगेपछि मनाङे मोबाइल अफ गरेर सम्पर्कबिहीन भएको जानकारी प्रहरीले पाएको छ ।
अहिले प्रहरीले पोखराबाट लामालाई पक्राउ गरेको छ । लामा निषेधाज्ञा छल्दै अचानक काठमाडौंबाट पोखरा पुगेका थिए । पोखरा पोखरा पुगेका उनी लेकसाइडको खहरेस्थित पोखरा बुटिकमा बसेका थिए । निषेधाज्ञा उल्लंघन गर्दै पोखरा आएका उनी होटल पोखरा बुटिकबाट भागेर क्याटवाक रेस्टुरेन्ट पुगेका बेला घेरा हालेर प्रहरीले पक्राउ गरेको हो ।
लामा पोखरा पुग्नु र युवा तथा खेलकुद मन्त्री दीपक मनाङे विश्वासको मतदानका बेला बिहीबार प्रदेश सभा नजानु संयोग हो कि अरू केही भन्ने विस्तारै खुल्दै जानेछ । प्रहरीले मनाङे सम्पर्कबिहीन भएको समयमा लामालाइ पक्राउ गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा विपक्षी गठबन्धनको बैठक बसेको थियो ।
प्रकाशित मिति : June 10, 2021 at 7:37 pm





