७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

काठमाडौँ उपत्यकामा थपिए ७६४ जना काेराेना संक्रमित

२७ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ७६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ५४० जना, भक्तपुरमा ९९ जना र ललितपुरमा १२५ जना गरी ७६४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे । बिहीबार देशभर थप ३७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा ५९ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ५२९३ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : June 10, 2021 at 5:41 pm