७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

पूर्वमहालेखा परीक्षक नरकान्त अधिकारीको निधन

२७ जेठ, काठमाडौँ । पूर्वमहालेखा परीक्षक नरकान्त अधिकारीको १०१ वर्षका उमेरमा आज बिहान आफ्नै निवास लैनचौरमा निधन भएको छ ।

निजामती सेवामा लामो अनुभव हासिल गर्नुभएका अधिकारी नेपाल सरकारका अर्थ, रक्षा र कृषि सचिव पनि हुनुभएको थियो । उहाँले नेपालको निजामती प्रशासन र धार्मिक विषयमा पुस्तकहरू पनि लेख्नुभएको छ । उहाँका दुई छोरा र एक छोरी हुनुहुन्छ ।

प्रकाशित मिति : June 10, 2021 at 10:35 am