७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

सर्वदलीय बैठकका नाममा सर्वोच्चको मुद्दा प्रभावित पार्न सभामुख सापकोटा अग्रसर

२६ जेठ, काठमाडौँ । सर्वोच्च अदालतमा विचाराधिन मुद्दा प्रभावति बनाउने हेतुले सभामुख अग्नि सापकोटाले सर्वदलीय बैठक बोलाउनुभएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरूद्ध परेको रिटको सुनुवाइ सुरू गरेकै दिन सभामुख सापकोटाले यस्तो निर्णय लिनुभएको हो ।

सभामुख पदको गरिमा राख्न नसकेको भनेर आलोचना भैरहेको समयमा उहाँले फेरि गलत कमद अघि बढाउनुभएको छ । बैठकका लागि उहाँले प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्रीहरू, संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरूलाई लिखित रूपमा निमन्त्रणा पठाएको सञ्चार विज्ञ श्रीधर पौडेलले जानकारी दिनुभयो ।

यसअघि उहाँले सर्वोच्चमा विचाराधिन रहेको मुद्दा प्रभावित गर्न पूर्वसभामुख, कानुन व्यवसायी, राजनीतिक दलका नेतालगायतसँग परामर्श गर्नुभएको थियो । सर्वोच्चले ढिलामा असारको ११ गतेसम्ममा मुद्दा किनारा लगाउने संकेत गरेपछि फेरि समाभखु सापकोटाले मुद्दा प्रभावित पार्ने नाममा अदालतलाइ दबाब दिन लाग्नुभएको हो ।

प्रकाशित मिति : June 9, 2021 at 9:14 pm